हमासको नियन्त्रणमा रहेका १७ थाई नागरिक बैंकक फर्किए

प्यालेस्टिनी अतिवादी समूह हमासको नियन्त्रणमा रहेका १७ थाई नागरिक बैंकक फर्किएका छन्।

रिहा भएका नागरिकहरुलाई लिन उनका परिवारहरु सुवर्णभूमि विमानस्थलमा लिन पुगेका थिए। थाई नागरिकको रिहाईको लागि छुट्टै सम्झौता भएको थियो।

यसबाहेक हमासले महिला र बालबालिका गरी ७० इजरायलीलाई रिहा गरेको थियो। इजरायल र हमासबीच लम्बिएको एकदिनको युद्धविरामले थप ९ बैंकक नागरिक पनि रिहा हुने सम्भावना बढेको छ।

Comments

Back to top