युक्रेन आँधी: १२ जनाको मृत्यु, ८ सय गाउँ विद्युतविहीन

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको छ भने खराब मौसम र रूससँगको युद्धका कारण ८०० भन्दा बढी गाउँ विद्युतविहीन भएका छन् ।

रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबार आँधीबेहरी र हिमपात भएको छ । युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो ।

युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले भने, ‘आँधीका कारण१२ जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।’ अधिकारीहरूका अनुसार मौसममा सुधार आएको छ तर सयौं गाउँहरू विद्युतविहीन भएका छन् ।

राज्यको दक्षिणी क्षेत्रमा आँधीले पुर्‍याएको क्षतिका कारण अवरूद्ध सेवा सञ्चालन गर्न तीव्र मर्मत कार्य भइरहेको र युक्रेनले तीन पश्चिमी छिमेकीबाट विद्युत् आयात गरेको कीएभले बताएको छ ।

Comments

Back to top