परराष्ट्र मन्त्री कतार जाँदै, विपिन जोशीको रिहाइका लागि पहल गर्ने
परराष्ट्र मन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् ।
मन्त्री साउदले बुधवार कञ्चनपुरको महेन्द्रनगर पुगेर विपिनको परिवारसँग भेट गरेका छन् ।
दोहा २१ औँ फोरममा पनि सहभागीसमेत हुन कतार जान लागेका उनले विपिनको रिहाइको पहललाई प्राथमिकतामा राखेका छन् ।
मन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अलमुखैरीसँग भेट गरेका थिए । मन्त्रालयमै भएको भेटमा साउदले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । राज्यमन्त्रीले जोशीको रिहाइका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
Comments