उत्तरकाशीको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार
भारतको उत्तराखन्डस्थित उत्तरकाशीमा एक निर्माणाधिन सुरुङमा फसेका ४१ जना मजदुरलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।
सुरुङ निर्माणका क्रममा जमिन भासिएपछि उनीहरु १७ दिनदेखि थुनिएका थिए । बाहिर निकालिएका सबै मजदुरलाई स्वास्थ्य जाँचका लागि अस्पतालमा राखिएको छ ।
लामो समयदेखि चिन्तामा रहेका मजदुरका परिवारजनमा खुसी र उल्लासको वातावरण देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
सुरुङमा फसेका मजदुरको वचाउ अभियान १६ दिन पहिले सुरु भएको थियो । तर, उद्दारकर्मीलाई यो बीचमा ठूलो समस्या सामना गर्नु परेको थियो ।
उत्तराखण्ड सरकारले सबै मजदुरलाई १ लाखका दरले रकम दिने घोषणा गरेको छ ।
Comments