क्लियोपेट्रा एक अद्भुत नारी
क्लियोपेट्रा इजीप्ट (मिस्र) की महारानी थिईन् । क्लियोपेट्रामा आफ्नो सौन्दर्यलाई आफ्नो इच्छाअनुसार प्रयोग गर्ने अद्भुत कला थियो र कामुक र यौनिक प्रकृयाको माध्यमबाट मानिसलाई आकर्षित गर्ने अपूर्व क्षमता उनमा थियो ।
यस्तै कोरा पर्ल उनाइसौं शताब्दीकी यस्ती नारी थिईन् कि आफ्नो खतरनाक सौन्दर्यले गर्दा आफ्नो क्रियाकलापबाट मानिसहरुलाई खेलौना जस्तो बनाएर राख्द थिईन् । क्लियोपेट्रा एक यस्तै चरित्र हो ।
बहुत थोरै यस्तो साहित्यिक चरित्र हुन्छन् जो अमर भै हाल्छन् । शेक्सपेयरका जुलियस सिजर र एन्टोनी क्लियोपेट्रामा मात्र होईन जौन ड्राईडन र जौर्ज बनार्ड शा जस्तो रचनाकारहरुले क्लियोपेट्रालाई आफ्नो कलाको विषय बनाएका छन् ।
यती मात्र होईन क्लियोपेट्रामाथि अनेक फिल्म पनि बनि सकेका छन् । क्लियोपेट्राको जन्म इशा पूर्व ६९ र निधन इशा पूर्व ३० मा भएको थियो । इतिहासमा यस नामको सात नारीहरु भएकी छिन् ।
यिनीहरुको सम्बन्ध मिस्रको प्टालेमाइक राजवशं (मिस्रको) रहेको पाइन्छ तर जुन क्लियोपेट्राको सबभन्दा बढी चर्चा भएको छ त्यो हो प्टालेमाइक सातौं क्लियोपेट्राका नामले जानिन्छिन् । प्टोलेमाइक राजवशं ग्रीक मूलको थियो र त्यसको सम्बन्ध सिकंदर संग थियो ।
प्टालेमाइक राजवशंमा दीदी बहिनीसगँ विहेको चलन थियो । क्लियोपेट्राको विहे आफ्ना भाई प्टोलेमी तेह्रौंको साथ भएको थियो पछि उसका विहे प्टोलेमी चौधौंको संग भएको थियो । विहेको वखत प्टोलेमी तेह्रौको उमेर बाह्र वर्ष थियो र क्लियोपेट्राको उमेर अठारह वर्ष थियो।
क्लियोपेट्रा आजाद स्वभावकी नारी थिईन् र उनी आफ्नो तरीकाबाट मिस्रको शासन व्यवस्था सचांलन गर्न चाहन्थी तर यो कुरा त्यहाँका दरवारियाहरुलाई मन परेन । उनीहरु त्यस वखत मिस्रका त्यस वखतका राजधानी अलेक्जेन्ड्रीयाको राजदरावारमा आफ्नो वर्चश्व चाहन्थे ।
यसै कारणले प्टोलमी तेह्रौंले क्लियोपेट्राको विरुद्धमा षडयन्त्र गर्याे । क्लियोपेट्रालाई त्यहाँबाट भाग्नु परेको थियो र उनी पुनः अलेक्जेन्ड्रीया पुगिन जब रोमन सेनापती जुलियस सीजर त्यहाँ पुगीन् ।
भनीन्छ क्लियोपेट्रा एउटा कालीनमा बाँधिएर सीजरको सामु पुगीन र उनलाई देख्ने वितिक्कै रोमन सेनापती उनीमाथि फिदा भै हाले । अनि सिजरले प्टोलेमी तेह्रौंलाई हत्या गर्न लगाइ दिए र देखाउनलाई क्लियोपेट्राको विहे प्टोलेमी चौधौंसँग गराईदियो ।
प्टोलेमी चौधौं त्यस वखत मात्र एगारह वर्षको थियो । तर सिजर क्लियोपेट्राको प्रेममा परि सकेको थियो । दुवैको एउटा छोरा पनि भएको थियो । र त्यसको नाम सिजेरियन राखिदिएको थियो ।
सिजर जब रोम फर्के त्यस बखत त्यो आफ्नो सँग क्लियोपेट्रालाई पनि लगेको थियो । रोममा सिजरको विरुद्ध जुन कुराको लागि माहौल बन्यो त्यसमा यो पनि थियो कि त्यो स्वयं राजा बन्न चाहन्थ्यो र आफ्नी प्रेमीका क्लियोपेट्रालाई त्यहाँकी रानी बनाउन चाहेको थियो ।
तर, केहि दिन पछि सिजरको हत्या भयो र स्थितिलाई देखेर क्लियोपेट्रा त्यहाँबाट भागेर अलेक्जेन्ड्रीया आइ हाली त्यसले आफ्नो दोस्रो पति र भाई प्लेटोमीको हत्या गराईदियो र सिजरबाट भएको आफ्नो छोरालाई जो मात्र चार वर्षको थियो आफ्नो सहशासक बनाइ दियो । तर रोमको राजनीतिबाट उसको सम्बन्ध यथावत् रह्यो ।
Comments