विद्युतीय कार उत्पादनमा एक अर्ब बढी पाउन्ड लगानी गर्दै निसान

जापानको अटो कम्पनी निसानले उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्याण्डमा १.० अर्ब पाउन्डभन्दा बढीको लगानीमा दुई सर्वाधिक बिक्री हुने कारको विद्युतीय मोडल निर्माण गर्ने भएको छ ।

निसानले सन्डरल्याण्डमा आफ्नो काश्काई र जुक गाडीको विद्युतीय संस्करण उत्पादन गर्ने निर्णयलाई बेलायत सरकारले कुल करोडौं पाउन्ड सहयोग गर्ने सहमति जनाएको छ । 

निसान योकोहामा, कानागावा प्रिफेक्चर, जापानमा मुख्यालय रहेको जापानी बहुराष्ट्रिय कार उत्पादन कम्पनी हो ।

सन्डरल्याण्डको नजिकै एक समर्पित इलेक्ट्रिक ब्याट्री प्लान्ट पनि रहेको र यस कदमले निसानको सबैभन्दा ठूलो युरोपेली सुविधामा छ हजार रोजगारीको भविष्य सुरक्षित गर्न मद्दत गर्नेछ । 

Comments

Back to top