यू–१९ पुरुष क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा हुने

आईसीसीले २०२४ पुरुष यू–१९ विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ।

मंगलबार आईसीसीले श्रीलंकामा आयोजना गर्ने भनिएको विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको हो। पछिल्लो समयमा श्रीलंकन क्रिकेट एसएलसीलाई अस्थाई रुपमा निलम्बन गरेपश्चात आर्ईसीसीले दक्षिण अफ्रिकामा यू–१९ विश्वकप आयोजना गर्ने निर्णय गरेको छ।

समितिको प्रशासनमा श्रीलंकी सरकारको अत्याधिक हस्तक्षेप भएसँगै आईसीसीले श्रीलंकी क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो। यससँगै जनवरी १३–फेब्रुअरी ४ सम्म आयोजना हुने भनिएको यू–१९ विश्वकपको मितिमा पनि परिवर्तन आउन सक्ने छ।

Comments

Back to top