प्यालेस्टाइन-इजरायलको बिग्रदो अवस्था प्रति सी र म्याक्रोनद्वारा चिन्ता व्यक्त

चिनियाँ राष्ट्रपति सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्यालेस्टाइन-इजरायल बीचको बिग्रदो अवस्था बारे चिन्ता व्यक्त गरेका छन् ।

उनिहरूले त्यहाँको अवस्था थप बिग्रनबाट जोगिनका लागि विशेष गरी थप गम्भीर मानवीय सङ्कट बढ्न नदिन सचेत हुन आग्रह गरेका छन् ।

दुई राष्ट्र प्रमुखहरूले टेलिफोन कुराकानीमा प्यालेस्टाइन-इजरायली द्वन्द्व समाधान गर्न दुई-राज्य समाधान नै आधारभूत उपाय र उत्तम विकल्प रहेको औल्याएका छन् ।

Comments

Back to top