मंगलग्रहबारे १० रोचक तथ्य
मंगलग्रहको बारेमा विस्तृत अध्ययनको लागि नासाले इनसाइट ल्याण्डर उक्त ग्रहको सतहमा पठाएको थियो ।
मंगल ग्रहको बारेमा केहि रोचक तथ्य यस्ता रहेका छन् -
१. हाम्रो सौर्यमण्डलमा रहेका ग्रहको कुरा गर्नुपर्दा मंगलग्रह सूर्यदेखि १४ करोड २ लाख माइलको दूरीमा छ । सौर्यमण्डलमा पृथ्वी तेस्रो नम्बरमा रहँदा मंगलग्रह चौथो नम्बरमै रहेको छ । पृथ्वी सूर्यदेखि ९ करोड ३ लाख माइलको दूरीमा रहेको छ ।
२. पृथ्वीको तुलनामा मंगलग्रह लगभग यसको आधा रहेको छ । पृथ्वीको व्यास ७ हजार ९ सय २६ माइलको रहँदा मंगलको व्यास ४ हजार २ सय २० माइल छ । तर तौलको कुरा गर्दा मंगल पृथ्वीको दशौँ भागबराबर छ ।
३. मंगलले सूर्यलाई पूरा परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ । यस आधारमा पृथ्वीको तुलनामा मंगल सूर्यको परिक्रमा गर्न दुई गुणा समय लिन्छ । मंगलमा ६ सय ८७ दिनको १ वर्ष हुन्छ ।
४. मंगलमा एक दिन २४ घण्टा ३७ मिनेटको हुन्छ ।
५. आँत कँपाउने चिसो, धूलैधूलोको आँधी पृथ्वीमा भन्दा ज्यादा हुन्छ । यद्यपि जीवनको लागि मंगलको भौगोलिक अवस्था निकै राम्रो मानिएको छ । गर्मीमा यहाँ सबैभन्दा धेरै ३० डिग्री सेल्सियस तापक्रम हुन्छ भने जाडोमा शून्यबाट पनि घटेर १ सय ४० डिग्री सेल्सियससम्म पुग्छ ।
६. पृथ्वीमा जस्तै मंगलमा पनि एक वर्षमा चार प्रकारका मौसम आउँछन् । पतझर, ग्रीष्म, शरद र शीत ती चार मौसम हुन् । पृथ्वीको तुलनामा मंगलमा हरेक मौसम लगभग दुई गुण बढी समयको हुन्छ ।
७. पृथ्वी र मंगलमा फरक गुरुत्वाकर्षण शक्ति रहेकाले पृथ्वीमा १०० पाउण्ड तौलयुक्त व्यक्ति मंगलमा केवल ३८ पाउण्डको मात्रै हुन्छ ।
८. मंगलका दुईवटा चन्द्रमा छन्, फोबोस (१३.८माइल) र डेमियोस (७.८ माइल व्यास) ।
९. मंगलको वातावरणमा ९६ प्रतिशत कार्बन डाई अक्साइड रहेको छ भने १.९३ प्रतिशत आर्गन, ०.१४ प्रतिशत अक्सिजन र २ प्रतिशत नाइट्रोजन रहेको छ ।
Comments