सरकारको बजेट योजनालाई लिएर इटालीमा हड्ताल

इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेको छ । हड्तालको समर्थनमा हजारौं मानिसहरूलाई सडकमा उत्रिएका थिए । 

उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन् । 

प्रदर्शनमा करिव ६० हजार मानिस सामेल भएको बताइएको छ । प्रहरी रिपोर्टमा ने ५० हजार उल्लेख छ ।

हड्ताल शुरुमा दिनभर चल्ने भनिएको थियो । तर उपप्रधानमन्त्री र पूर्वाधार तथा यातायात मन्त्री माटेओ साल्भिनीको आदेशपछि चार घण्टामा घटाइएको थियो । 

हड्तालको प्रभाव सिमित रहेको यातायात मन्त्रालयले जनाएको छ ।

Comments

Back to top