च्याट जीपीटीमा अध्यक्ष र सीईओ दुवै बर्खास्त

चर्चित एआई च्याटबट च्याटजीपीटी निर्माण गर्ने ओपनएआईका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यान बर्खास्तमा परेका छन् । कम्पनीले एक ब्लगपोस्ट सार्वजनिक गर्दै शुक्रबार बसेको कम्पनीको बोर्ड बैठकले सीईओबाट उनलाई बर्खास्त गरेको जानकारी दिएको हो ।

कम्पनीले जारी गरेको ब्लगपोस्टमा ओपनएआई चलाउनसक्ने थप क्षमता उनमा नभएको र बोर्डसँग उनी इमान्दार नभएको उल्लेख गरेको छ । उनको बर्खास्तीसँगै ओपनएआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रकम्यानलाई पनि बोर्डले कम्पनीमा रहने गरी अध्यक्ष पदबाट हटाएको छ ।

कम्पनीकी प्रमुख प्रविधि अधिकृत मीरा मुरतीले हालका लागि निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्नेछिन् भने कम्पनीले अल्टम्यानपछिको कम्पनी प्रमुख को हुने भन्ने खोजी जारी राख्ने जनाएको छ ।

Comments

Back to top