बाढीका कारण सोमालियामा कम्तीमा ५० जनाको मृत्यु
सोमालियामा अक्टोबरको शुरुदेखि शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको ज्यान गएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएको राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ ।
सोमालिया विपद् व्यवस्थापन एजेन्सीले सोमालियाका अन्य भागहरूमा पहिरो र बाढीका कारण बालीनाली र पशुधन नष्ट भएको बताएको छ।
सोमालियाको राजधानी मोगादिसुमा बिहीबार साँझ पत्रकारहरूलाई सोमालियाका आयुक्त मोहम्मद मोआलिमले भनेका छन्, ‘देशमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ र आधा लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्।’
विस्थापनका कारण बढ्दो मानवीय आवश्यकता र सम्पत्तिको थप विनाश हुन सक्ने संयुक्त राष्ट्रको चेतावनी पछि एजेन्सीले बाढी पीडितहरूलाई मद्दत गर्न दक्षिणी सोमालियाको बर्धेरे जिल्लामा राहत कार्गो विमान पठाएको छ।
Comments