दक्षिणी गाजा खाली गर्न इजरेलले फाल्यो पर्चा, आक्रमणको तयारी

इजरेल सरकारले दक्षिणी गाजामा पनि युद्ध गर्ने भएको छ । सरकारका मन्त्रिपरिषदका सदस्यहरुले दक्षिणी गाजामा युद्धका लागि समर्थन जनाएसँगै इजरेलले आक्रामणको तयारी गरेको हो । 

इजरेलको युद्ध मन्त्रिपरिषद्का दुई सदस्य र यसका एक जना पर्यवेक्षकले दक्षिणी गाजामा सेनाको भूमि आक्रमणको विस्तारलाई समर्थन गरेका छन् । एक वरिष्ठ सुरक्षा अधिकारीले इजरेली मिडिया आउटलेट वाल्लालाई बताए ।

स्रोतका अनुसार रक्षा मन्त्री योभ गालान्ट, मन्त्री बेन्नी गान्ट्ज र इजरायली सेनाका पूर्व चिफ अफ स्टाफ गाडी आइसेनकोटले  बन्दीहरूलाई रिहा गर्ने सम्झौतामा जारी वार्तालाई ध्यान नदिई सैन्य कारवाही अगाडि बढाउनु पर्नेमा जोड गरेका छन् ।

हालसम्म इजरेली सेना र प्यालेस्टिनी लडाकुहरू बीचको लडाइँ शहरको उत्तरमा मात्रै केन्द्रित छ । जसले लाखौँ प्यालेस्टेनीहरूलाई दक्षिणतिर भाग्न बाध्य पारेको छ। 

 तर बिहीबार, इजरेली सेनाले दक्षिणी गाजाको खान युनिसका केही क्षेत्रहरूमा पर्चाहरू खसालेका छन् र त्यहाँका बासिन्दाहरूलाई सो क्षेत्र पनि खाली गर्न आदेश दिएका थिए ।

Comments

Back to top