इजरेल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन सय बढी देशसँग मोदीको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजरेल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् । 

“यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ”, विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने । 

गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो । सेप्टेम्बरको बैठकमा नयाँदिल्लीले कूटनीतिक सफलता हासिल गरेको र यसमा अफ्रिकी सङ्घलाई एउटा सदस्यका रूपमा जोडिएको दाबी गरेको थियो । 

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा इजराइल–हमास युद्धमा सर्वसाधारणको भएको मृत्युको भरत्सर्ना गर्दै युद्धबाट नयाँ चुनौती आएको बताए । “अक्टोबर ७ मा इजरेलमा भएको आतङ्कवादी हमलाको भारत निन्दा गर्दछ, हामीले पनि संयमता अपनाएका छौँ, संवाद र कूटनीतिमा जोड दिएका छौँ, हामी इजरेल र हमासबीचको सङ्घर्षमा सर्वसाधारणको भएको मृत्युको पनि घोर भर्त्सना गर्दछौँ”, उनले भने । 

Comments

Back to top