नेपाल बैङ्कको चुक्ता पुँजी १४ दशमलव ६९ अर्ब

नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब पुगेको छ । ८७ वर्ष अघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैङ्कको चुक्ता पुँजी अहिले १४ दशमलव ६९ अर्ब रहेको बैङ्कका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले जानकारी दिए।

२०८० आषाढ मसान्तसम्म बैकले दुई खर्ब ४४ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न बैङ्क सफल भएको जनाएको छ ।

प्रत्येक वर्ष सञ्चालन मुनाफामा बढोत्तरी हुँदै गएको यस बैङ्कको जगेडा कोषमा २१ दशमलव ८८ अर्ब रुपैयाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र नेटवर्क ३६ दशमलव ५८ अर्ब भन्दा बढी रहेको बैङ्कले जनाएको हो ।

 

Comments

Back to top