भारत विश्वकप क्रिकेटको फाइनलमा, न्यूजिल्याण्ड ७० रनले पराजित
न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकटको फाइनलमा प्रवेश गरेको छ ।
३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डलाई ३२७ रनमा अलआउट गर्दै भारतले उपाधि भिडन्त पक्का गरेको हो ।
मुम्बईंस्थित वानखेडे स्टेडियममा भएको ड्यारी मिचेलले १३४ रन बनाए पनि न्यूजिल्याण्डको हार टार्न सकेनन् । केन विलियम्सन ६९ रनमा आउट भएका थिए ।
कीवी टोलीलाई १३ बल अगाडी नै अलआउट गर्ने क्रममा भारतका मोहम्मद शामीले सात विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ५७ रन मात्रै दिएका थिए ।
एकदिवसीय खेलमा ७ विकेट लिने शामी भारतको पहिलो बलर बनेका छन् ।
पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूरै ओभर खेलेर ४ विकेट क्षतिमा ३९७ रन बनाएको थियो ।
Comments