श्रीलंकाको सर्वोच्च अदालतद्वारा राजापाक्षे दाजुभाइसहित १३ जनालाई आर्थिक संकटमा जिम्मेवार ठहर
श्रीलंकाको सर्वोच्च अदालतले देशलाई आर्थिक संकटग्रस्त स्थितिमा पुर्याउन पूर्वराष्ट्रपति गोटबाया राजापाक्षेसहित १३ जना जिम्मेवार रहेको ठहर गरेको छ।
सर्वोच्चले देशको अर्थतन्त्र संकटपूर्ण स्थितिमा पुग्नुमा पूर्वराष्ट्रपति गोटबाया र उनका भाइ महिन्दा राजापाक्षेसहित १३ पूर्वनेता तथा उच्च पदस्थ पूर्वअधिकारीहरू जिम्मेवार रहेको ठहर गरेको हो। बीबीसीका अनुसार सर्वोच्चको फैसलामा उनीहरूका 'गलत निर्णय, क्रियाकलाप र आचरण'ले देशमा आर्थिक संकट निम्तिएको उल्लेख छ।
श्रीलंका सन् २०२२ मा विदेशी मुद्रा सञ्चिति कमजोर स्थितिमा पुगेर ऋणी तिर्न पनि नसक्ने अवस्थामा पुगेको थियो। जसका कारण इन्धन, खाद्यान्न र औषधि लगायतका अत्यावश्यक वस्तुको मूल्यमा उच्च मूल्यवृद्धि भएको थियो। दैनिक उपभोग्य वस्तु अभाव भएपछि महिनौँसम्म व्यापक जनप्रदर्शन भएको थियो। जनप्रदर्शनकै बलमा गोटाबाया राजापाक्षे राष्ट्रपति पदबाट अपदस्थ भएका थिए।
Comments