गाजाको अल-शिफा अस्पतालको अवस्था ‘चिहानजस्तै’: विश्व स्वास्थ्य संगठन
गाजाको अल-शिफा अस्पतालको अवस्थालाई लिएर विश्व स्वास्थ्य संगठनले यहाँको अवस्था ‘चिहान जस्तै’ भएको बताएको छ। यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा पट्टीका अस्पतालहरूलाई जोगाउन आवश्यक रहेको बताएका छन्।
डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले हाल यस अस्पतालमा ६०० जना रहेको बताएका छन् । उनका अनुसार ‘अस्पताल वरपर कैयौं शवहरु परेका छन्, उनीहरुको हेरचाह गर्ने कोही छैन । यी शवहरू गाडिएका छैनन्। यो अस्पताल अब काम गर्दैन। चिहान जस्तै बनेको छ ।’
अस्पतालमा शवको थुप्रो रहेको र धेरै शव सड्न थालेको पनि चिकित्सकहरुले बताएका छन् । उत्तरी गाजाको यो अस्पताल विगत केही दिनदेखि चर्चामा छ। स्वास्थ्य र खाद्यान्नको अभावका कारण अहिले उक्त अस्पतालले काम गर्न छाडेको डब्लुएचओको दाबी छ।
Comments