आतिसवाजी र पटाकाको धुँवाले दिल्लीमा वायु प्रदूषण, कृत्रिम वर्षाको तयारी
दिल्लीमा दिपावली पर्व मनाउने क्रममा बालिएका दियो, पटाका, आतसवाजी र पटाकाको धुँवाले वायु प्रदूषण बढेको छ । केही सातादेखि वायु प्रदूषण पनि थियो।
केहि दिन पहिले कृतिम वर्षा गराउने तयारी भएपनि प्राकृतिक वर्षा भएपछि राहत मिलेको भएको थियो । पुनः पटाका तथा आतसवाजीले वायु प्रदुषणको स्तर बढेपछि घटाउन कृतिम वर्षा गराउने प्रविधिको विकास गर्ने बारे तयारी भइरहेको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।
मौसमी अवस्था हेरेर कृतिम वर्षा गराउने योजना यो महिनाको अन्त्यबाट लागू हुनसक्ने बताइएको छ ।
दिल्लीमा वायु प्रदूषणको सम्भावित समाधानको रूपमा कृतिम वर्षा अर्थात् क्लाउड सीडिङको सुझाव दिइएको यो पहिलो पटक भने होइन । केही विज्ञहरूले भने यो प्रविधि जटिल र महँगो भएको बताएका छन् ।
Comments