दीपावलीमा अयोध्यामा २२ लाख दीप प्रज्वलन, गिनिज बुकमा विश्व रेकर्ड

दीपावलीको अवसरमा शनिबार राति उत्तर प्रदेशको अयोध्यास्थित सरयू नदीको घाटमा २२.२३ लाख दीप प्रज्वलन गरिएको छ, जुन विश्व कीर्तिमान हो ।

‘दीपोत्सव २०२३’ नाम दिइएको उक्त कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दी बेन पटेल दुवै उपस्थित थिए।

गिनिज बुक अफ वल्र्ड रेकर्डका अधिकारीहरूले मुख्यमन्त्रीलाई नयाँ रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । यो रेकर्ड पुष्टि गर्न सरयु नदीका घाटको ड्रोनबाट निरीक्षण गरिएको थियो ।

यो दीपोत्सव कार्यक्रमले गत वर्षको कीर्तिमान तोड्यो। गत वर्ष अयोध्यामा मात्रै दीपावलीको अवसरमा १५.७६ लाख माटोको दियो बालिएको थियो ।

संसारमा कतै पनि एकैपटक यति धेरै बत्ती बालिएको थिएन। हिन्दू धर्म अनुसार श्रीलंकाका राजा रावणको वध गरेर भगवान राम आफ्नो घर अयोध्या पुग्दा उनको स्वागतका लागि दीप प्रज्वलन गरिएको थियो । त्यसैले हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष कार्तिक अमावस्याका दिन दीपावली पर्व मनाउने गर्छन् ।

Comments

Back to top