सरकारले भूकम्पमा घर भत्किएका परिवारलाई अस्थायी आवास बनाउन तत्काल ५० हजार दिने

सरकारले भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा घर भत्केकाहरुलाई तत्काल ५० हजार रुपैयाँ दिने भएको छ ।

कात्तिक १७ गते गएको भूकम्पबाट पूर्ण रूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार रुपैयाँ दिन लागेको हो ।

गृह मन्त्रालयको विपद् न्यूनीकरण समितिको आइतरबार बसेको बैठकले अस्थायी आवास बनाउन प्रतिपरिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो। समितिले उक्त रकम दुई किस्तामा उपलब्ध गराउने जनाएको छ ।

भूकम्पका कारण जाजरकोट र रूकुम पश्चिममा २६ हजार पाँच सय ५७ घरमा पूर्ण रूपमा क्षति भएको छ भने ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति पुगेको छ।

Comments

Back to top