तिहारपछि कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुने

कोशी प्रदेशमा मन्त्रालयीय भागबन्डा मिलेको छ । यससँगै तिहारलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने योजना मुख्यमन्त्री केदार कार्कीको छ ।

मुख्यमन्त्री कार्कीनिकट सूत्रकाअनुसार प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले ३ र नेकपा (एकीकृत समाजवादी) ले १ मन्त्रालय पाउनेछन्।

कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय पनि चाँडै टुङ्गिने नेताहरूले बताएका छन् ।

Comments

Back to top