गाजामा इजरायली सैन्य वृद्धिबारे इजिप्ट र कतारी नेताबिच छलफल
इजिप्ट र कतारी नेताहरूले गाजामा इजरायली सैन्य वृद्धिबारे छलफल गरेका छन् ।
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले शुक्रबार गाजा पट्टीमा इजरायली सैन्य वृद्धि र त्यसको क्षेत्रीय नतिजाबारे छलफल गरेका हुन्। बैठकमा दुवै पक्षले गाजामा निर्दोष नागरिकको सुरक्षा र रक्तपात रोक्ने उपायहरूबारे छलफल गरेका थिए ।
उनीहरूले युद्धविराम हासिल गर्ने र गाजामा प्यालेस्टिनी जनताको आवश्यकता पूरा गर्ने मानवीय सहायताको वितरणलाई निरन्तरता दिने उद्देश्यका लागि गरिएका गहन प्रयासहरूको समीक्षा गरेका छन्। प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को उच्चस्तरीय प्रतिनिधिमण्डल इजिप्टका नेताहरूसँग गाजा पट्टीको अवस्थाबारे छलफल गर्न इजिप्टको राजधानी आइपुगेको एक दिनपछि कतारी अमिरको भ्रमण भएको हो ।
मासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हनियाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलका सदस्यहरूले इजिप्टको जनरल इन्टेलिजेन्स सर्भिसका प्रमुख अब्बास कामेलसँग भेट गरे । कतारले हमास र इजरायली अधिकारीहरूसँग सम्भावित बन्दी आदानप्रदान सम्झौतासहित मध्यस्थता वार्तामा संलग्न भएको छ ।
Comments