सामाजिक सञ्जालसम्बन्धी निर्देशिका स्वीकृत
सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग सञ्चारमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० भन्ने प्रस्ताव सञ्चार मन्त्रालयबाट आएको थियो । यो विधेयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर आज स्वीकृत भएको छ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय भएको छ ।’
Comments