कोरोना कालमा ठूलो नोक्सानी व्यहोरेको र्‍यान एयरको नाफा ७२ प्रतिशत बढेर पुग्यो २.४० अर्ब

र्‍यान एयरले उच्च भाडा दर र उच्च कारोबारका कारण पहिलो छ महिनामा खुद नाफा ७२ प्रतिशतले बढेपछि शेयरधनीलाई नियमित लाभांश दिने घोषणा गरेको छ ।

सस्तो सेवाका लागि नाम चलेको आयरल्याण्डको एयरलाइन्स, र्‍यान एयरले एक वक्तव्यजारी गर्दै भनेको छ, “सेप्टेम्बरको अन्त्यसम्मको छ महिनामा करपछिको नाफा २.२ अर्ब युरो (२.४ अर्ब डलर) पुगेको छ ।”

डब्लिनमा मुख्यालय रहेको विमान सेवाले आफ्नो इतिहासमा पहिलो पटक नियमित लाभांश भुक्तानी शुरु गर्ने जनाएको छ ।

कोभिड-१९ महामारीका कारण विश्वव्यापी रुपमा उडान बन्द भएको दशकको शुरुमा ठूलो नोक्सानी व्यहोरेको उड्डयन क्षेत्रले बलियो पुनरुत्थानको आनन्द लिइरहेको बेला यो कदम चालिएको हो ।

र्‍यान एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले भने, “हामी ती शेयरधनीहरूलाई धन्यवाद दिन चाहन्छौं, जसले कोभिडको कठिन समयमा सहयोग गरेका छन् ।”

Comments

Back to top