मलेसियाले प्यालेस्टिन र हमाससँगको सम्बन्ध जारी राख्ने

मलेसियाले प्यालेस्टिन र हमास समूहसँग सम्बन्ध राख्ने यसअघिको निर्णयलाई यथावत् राख्ने भएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो राष्ट्रले हमाससँग सम्बन्ध कायम राख्ने र दण्ड नदिने बताउनुभएको बीबीसीले जनाएको छ ।

संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री अनवरले अहिले इजरायलले हमासविरुद्ध गरिरहेको नरसंहारको सबैले खुलेर विरोध गर्नुपर्ने पनि बताएका छन् ।

अमेरिकी प्रतिनिधिसभाले गएकाे हप्ता हमास र प्यालेस्टिनी इस्लामिक जिहादका विदेशी समर्थकहरूलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेपछि विपक्षी सांसदले अनवरलाई मलेसियाली सरकारको अडानबारे सोधेका थिए । प्रश्नको जवाफ दिँदै उनले अमेरिकाको कुनै पनि धम्की स्वीकार नगर्ने बताएको खबरमा उल्लेख छ । उहनले आफ्नो देशले संयुक्त राष्ट्र सङ्घको महासभाले गरेको निर्णय मान्ने भन्दै प्यालेस्टिनको अस्तित्व समाप्त पार्ने कदम मान्य नहुने उल्लेख गरेका छन् ।

 

Comments

Back to top