हमासमाथिको बर्बरता रोक्न गुटरेसको आह्वान
संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसले गाजामाथिको बर्बरता रोक्न माग गरेका छन्। उनले इजरायलले जारी राखेको आक्रमणले ठूलो संख्यामा निर्दोश मानिसहरु मरिरहेको भन्दै गाजालाई बर्बता र भयावह विध्वंशबाट बाहिर निकाल्न आह्वान गरे।
न्यूयोर्कमा पत्रकार सम्मेलन गरी गुटेरेसले तत्काल कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे। राष्ट्र संघीय एजेन्सीहरुले गाजामा बसोबास गर्ने २७ लाख मानिसलाई मानवीय सहायता पु¥याउन १ दशमलब २ अर्ब अमेरिकी डलर सहयोगको अपिलसमेत गरेका छन्।
Comments