दक्षिण कोरियाले प्रतिद्वन्द्वी उत्तर कोरियामाथि निगरानी गर्न सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्दै
दक्षिण कोरियाले प्रतिद्वन्द्वी उत्तर कोरियामाथि अझ राम्रो निगरानी गर्न यसै महिनाको अन्त्यमा आफ्नो पहिलो घरेलु जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाइरहेको बताएको छ ।
उत्तर कोरियाले आफ्ना विरोधीहरूलाई निशाना बनाउन आणविक हतियारहरूको विस्तार गर्न जोड दिइरहेका बेला दक्षिण कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्न लागेको हो ।
उत्तर कोरिया सम्भवत: प्राविधिक कारणले अक्टोबरमा आफ्नै टोली उपग्रह प्रक्षेपण गर्ने प्रयास पूरा गर्न असफल भएको बेला दक्षिण कोरियाको यो योजना सार्वजनिक भएको हो ।
मुलुकको पहिलो सैन्य जासुसी उपग्रह नोभेम्बर ३० मा क्यालिफोर्नियाको भान्डेनबर्ग वायुसेना बेसबाट प्रक्षेपण गरिने दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता जियोन हा ग्युले सोमबार पत्रकारहरूलाई बताए ।
उक्त उपग्रहलाई स्पेसएक्सको ‘फाल्कन ९’ रकेटले लैजाने छ । दक्षिण कोरियाको रक्षा अधिग्रहण कार्यक्रम प्रशासनका अनुसार स्पेसएक्ससँग भएको सम्झौताअन्तर्गत दक्षिण कोरियाले सन् २०२५ सम्ममा चारवटा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको छ ।
दक्षिण कोरियासँग अहिले आफ्नै कुनै सैन्य उपग्रह छैन । उत्तर कोरियाको गतिविधिमाथि निगरानी गर्न ऊ अमेरिकी जासुसी उपग्रहहरूमा निर्भर छ ।
Comments