विश्वका डरलाग्दा रेलमार्गहरु
रेलमार्गको विस्तार भएपछि देशको विकासमा पनि उत्तिकै टेवा पुर्याएको छ । विश्वका धेरै देशहरुले यातायातको क्षेत्रमा रेलको विस्तार गरेर विकासको मामिलामा जोड दिने काम गरे । तर, केही रेल मार्गहरु यति खतरनाक ठाउँमा निर्माण गरिएका छन् जसले एक जोखिमपुर्ण यात्राको आभास दिलाउँछन् । आउनुहोस् हेरौँ विश्वका केहि डरलाग्दा रेलमार्गहरुः
१. जर्ज टाउन लुप रेलमार्ग कोलोराडो
यसको निर्माण १९ औं शताब्दीको अन्त्यमा खानी उद्योगको लागि गरिएको थियो तर आजकाल यसको प्रयोग ग्रिष्म ऋतुमा पर्यटनको लागि गरिन्छ । चट्टानी पहाडमा रहेको यो रेलमार्गले पर्यटकहरुलाई यो क्षेत्रकै उच्च पहाडहरुमा र रोमान्चक क्षेत्रहरुमा पुर्याउँछ ।
२. ट्रेन अ लास नुबिस अर्जेन्टिना
‘ट्रेन टु क्लाउड’ पनि भनिने ‘अर्जेन्टिनाको ट्रेन अ लास नुबिस’ को निर्माण आर्थिक विकासको लागि गरिएको थियो । तर आजकाल यो पनि पर्यटनको लागि उपयोग गरिन्छ । यो संसारकै एक उच्च रेलवे सिस्टम मानिन्छ । टोबाको खेती हुँदै अगाडि बढ्ने यो रेलमार्ग होचो गाइवस्तु पालिने ठाँउसम्म जान्छ ।
३. आउटेनिक्वा चुजो ट्रेन, दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाको यो रेलमार्ग सन् २००६ मा आएको ठूलो बाढीले संरचनाहरु बिगारेपछि सञ्चालन बन्द भएको छ । तर, जतिबेला यो रेलमार्ग सञ्चालनमा थियो । त्यतिखेर यात्रुहरु रेल चढ्नु अघि डरले लामो सास फेर्ने गर्थे ।
४. ह्वाइट पास एण्ड युकोन रुट, अलास्का
यो रेलवे सिस्टमको आफ्नै एक अनौठो इतिहास छ । सन् १८९८ क्लोन्डिक गोल्ड रसको समयमा निर्माण भएको यो रेल्वे बनाउन त्यतिखेर असम्भव मानिएको थियो । यो रेलमार्गले जम्मा २० माइलको दुरीमा ३ हजार फिटको उचाईमा उक्लन्छ । यो असाधारण संरचना भएको रेलमार्गमा साहसी मानिसहरुले मात्रै यात्रा गर्ने आँट गर्न सक्छन ।
५. दार्जलिङ हिमालय रेल्वे
भारतको पश्चिम बंगालको न्यू जलपाइगुडीबाट दार्जलिङसम्म ७४ किलोमिटर लामो यो रेलमार्ग ब्रिटिस राजको बेलामा बनेको हो । यो रेलमार्गबाट नियाल्न सकिने सुन्दर दृश्यले सबैको मन लोभ्याउछ । यो रेलमार्गमा चल्ने रेल धेरै नै ढिलो छ । क्यारिएजहरुमा पनि धेरै भिड हुन्छ ।
Comments