रुसको कूल गार्हस्थ्य उत्पादन तीन प्रतिशतले वृद्धि हुने रूसी राष्ट्रपतिको दाबी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तीन प्रतिशतले वृद्धि हुने दाबी गरेका छन्। 

“यस वर्ष हाम्रो कूल गार्हस्थ्य उत्पादनको वृद्धि दर २.८ देखि २.९ प्रतिशत वा ३ प्रतिशतसम्म पुग्नेछ,” रूसी महासंघको आठौं सिभिक चेम्बरका सदस्यहरू र क्षेत्रीय नागरिक चेम्बरका प्रमुखहरूसँगको भेटमा उनले भने ।

पुटिनले युरोपका अग्रणी अर्थतन्त्रहरू धराशायी हुने उल्लेख गर्दै यी अर्थतन्त्रहरू अहिले समस्यामा रहेको र चुनौतीहरूको सामना गरिरहेको दाबी गरे । 

उनले पुटिनले रूस ‘आर्थिक, सैन्य, आन्तरिक र राजनीतिक रूपमा’ बलियो हुँदै जाँदा देश विश्व संगठनबाट बाहिरिने सम्भावना कम रहेको बताए । 

Comments

Back to top