असफलतामा संयम
कुरा त्यो समयको हो जव थामस एल्वा एडिसन आफ्नो जीउ ज्यान लगाएर बिजुलीको आविष्कार गर्ने अभियानमा लागिपरेका थिए । तीन बर्षको लामो असफल प्रयोगबाट एडिसनका सवै सहयोगीहरू वाक्क भइसकेका थिए । तर एडिसन भने हरेक विहान नयाँ उत्साहका साथ थप प्र्रयोगमा लाग्दथे । उनको यस्तो उत्साह देखेपछि सहयोगीहरू पनि भारी मनले काममा लागिपर्दथे । अति भएपछि एकदिन सबै सहयोगीहरूले एडिसनलाई एक स्वरमा भने–सर तपाईं बेकारमा विजुलीको खोजमा लागिराख्नुभएको छ । तीन वर्ष भयो यो काममा लागेको तर लगभग सात सय त प्रयोग नै गरियो तर आशाको एउटा किरणसम्म देखिएको होइन ।
जवाफमा एडिसनले भने, मलाई पनि थाहा छ हामी सात सय पटक असफल भइसकेका छौं । त्यसैले गर्दा नै मेरो उत्साह बढेको छ । यदि मानौं कि हामी यो प्रयोगमा हजार पटक असफल हुनेछौं ।
त्यसरी मान्ने हो भने सात सय वटा असफलता त हामीले गरिसकेका छौं र अब तीन सयवटा असफलता प्राप्त भयो भने त्यही संख्यामा कतै सफलता पनि लुकेको हुन सक्दछ । त्यसकारण अब हामी आफ्नो लक्षको नजिक पुगिसकेका छौं र यस्तो अवस्थामा हिम्मत हार्ने होइन, धैर्यताका साथ काम गर्नुपर्दछ ।
यो घटनाको छ महिनापछि एडिसन तथा उनका सहयोगी बिजुलीको आविष्कार गर्न सफल भए । यदि एडिसन असफलताबाट विचलित हुन्थे भने यो सफलता पनि पाउन सक्ने थिएनन् र उनी विश्वको महान वैज्ञानिक पनि बन्न सक्ने थिएनन् ।
Comments