जाजरकोट पुगेर भूकम्पमा परी घाइते भएकाहरुको अवस्था बुझ्दै प्रधानमन्त्री

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा प्रभावित क्षेत्रको राहत र उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट पुगेका छन् । प्रचण्ड अस्पतालमा पुगेर बिरामीहरुको अवस्थाबारेसमेत जानकारी लिएका छन् । 

उद्धारका लागि तीन वटै सुरक्षा निकाय खटिएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी राहत तथा उद्धारका लागि खटिएका हुन् । सशस्त्र प्रहरी बल बाट जाजरकोटमा घाइते ३१ जनाको उद्दार गरेको छ भने रुकुम पश्चिममा १२ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । 

नेपाल प्रहरीले सडक खुलाउने र घाइतेहरुलाई एम्बुलेन्समा हालेर अस्पताल लगिरहेको प्रहरी प्रवक्ता कुवेरसिंह कडायतले जानकारी दिएका छन् ।

नेपाली सेनाको ३ वटा हेलिकोप्टर अहिले प्रभावित क्षेत्रमा परिचालन भएको छ । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालका स्वास्थ्यकर्मी सहितको टोली बोकेर सेनाको स्काई ट्रक पश्चिम रुकुमका लागि उडिसकेको छ ।

Comments

Back to top