गएराति गएको भूकम्पमा परि दुई जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या १२८ पुग्यो

गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या १२८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटकाअनुसार दुई जिल्लामा गरी मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको हो ।

प्रहरीकाअनुसार जाजरकोटमा ९२ जनाको ज्यान गएको छ भने रुकुम-पश्चिममा ३६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै घाइते हुनेहरूको सङ्ख्या क्रमश: ५५ र ८५ गरी १४० छ ।

Comments

Back to top