काेशीमा मन्त्रिपरिषद् विस्तार, माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री कार्कीले शुक्रवार नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले हिजोनै शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले उप्रेती र जगेबुलाई मन्त्री बनाएका हुन् । एमालेले आफू र कांग्रेसका संसद्लाई मात्रै मन्त्री बनाउनुपर्ने माग गर्दै कांग्रेसबाहेकका अन्य दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको थियो ।
मन्त्रिपरिषद्मा गठबन्धनलाई भित्र्याएपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरिसकेको छ ।
Comments