गाजामा रहेका सात हजार विदेशीलाई उद्धारका लागि सहयोग गर्न इजिप्ट तयार

इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ ।

इजिप्टको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको हो ।

इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा विदेशी राजदूत र कूटनीतिज्ञहरूसँग भेट गरी गाजामा मानवीय सङ्कट कम गर्न र राफा क्रसिङमार्फत विदेशी नागरिकहरूको प्रस्थानमा सहयोग पुर्‍याउन इजिप्टले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए ।

गाजामा रहेका ६० भन्दा बढी देशका करिब सात हजार विदेशी नागरिकलाई सङ्केत गर्दै खैरातले गाजाबाट विदेशी नागरिकको स्वागत र उद्धारका लागि इजिप्ट तयार रहेको बताएका हुन् ।

Comments

Back to top