राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने

राष्ट्रपति रामचन्द्र पौडेल तीन देशको भ्रमणमा जाने भएका छन् । सरकारका प्रवक्ता रेखा शर्माकाअनुसार उनी फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने भएका हुन् ।

उनको भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद्ले स्वीकृतसमेत गरिसकेको छ । राष्ट्रपति सुरूमा फ्रान्सको राजधानी पेरिस जानेछन् । त्यहाँ उनी पेरिस पिस फोरममा सहभागी हुनेछन् । त्यसलगत्तै उनी जर्मनी र इटालीको भ्रमणका लागि निस्कनेछन् ।

Comments

Back to top