तिहारमा चिनी अभाव हुन नदिने सरकारको दाबी

तिहारमा चिनी अभाव हुन नदिने सरकारले दाबी गरेको छ। हाल अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको सूचनाका आधारमा आवश्यक कारबाही गर्ने बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा निकाय प्रमुख तथा वाणिज्य विभागका महानिर्देशकलगायतसँग छलफलपछि उद्योगहरूबाट बजारमा चिनी आउने भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डको निर्देशन अनुरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरूसँग अवैध ढङ्गले भित्रिएको तथा उद्योगहरूले बजारमा नपठाएको चिनी अनुगमन गर्ने विषयमा छलफल गरेका थिए।

Comments

Back to top