गाजामा मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, कारबाहीमा सर्वसाधारण बढी प्रभावित
अक्टोबर ७ मा हमास समूहले इजरायलमा गरेको आक्रमणपश्चात गाजा क्षेत्रमा जवाफी कारबाही जारी छ। इजरायलले हमासलाई लक्षित गरेको भन्दै गरिरहेको कारबाहीमा सर्वसाधारण बढी प्रभावित भएका छन्।
हमासको आक्रमणबाट इजरायलमा १ हजार ४०० जनाको मृत्यु भएको थियो। त्यसयता इजरायलले लगातार गाजामा आक्रमण गरिरहेको छ। युद्धविरामको आग्रहलाई अस्वीकार गर्दै इजरायलले गाजामा सर्वसाधारणको मृत्यु हुने गरि आक्रमण गरिरहेको हो।
इजरायलको आक्रमणबाट हालसम्म ९ हजार बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। मारिनेमा ३ हजार ७०० बढी बालबालिका छन्। अहिले पनि इजरायली सेनाले वेस्ट बैंक र गाजाबाट सयौं प्यालेस्टाइनीलाई पक्राउ गरिरहेको छ।
Comments