फागुन १ गते बिदा दिने प्रस्ताव संसदबाट पारित गर्न सरकारलाई एमालेको चुनौती

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने भन्दै चुनौती दिए ।

जनयुद्ध दिवस मनाउने निर्णय गरेर गठबन्धन बनेको र कांग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरे ।

उनले भने, ‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ उनले प्रश्न गरे, ‘त्यसको परीक्षण गर्न सरकार तयार छ रु सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’

उनले संसदले गर्ने निर्णय मान्न सरकार तयार हुनुपर्ने बताउँदै हिंसा सुरू भएको दिनलाई युद्ध दिवस मनाउने निर्णयबाट सरकार पछि हट्नुपर्ने धारणा राखे।

Comments

Back to top