बोलिभियाले तोड्यो इजराइलसँगको कूटनीतिक सम्बन्ध
दुई ल्याटिन अमेरिकी देशले बढ्दो मानवीय संकटका कारण इजराइलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएसँगै बोलिभियाले गाजामा ‘असमान’ हमलालाई लिएर इजराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको बताएको छ ।
“बोलिभियाले गाजापट्टीमा भइरहेको आक्रामक र असमान इजराइली सैन्य हमलाको खण्डन र भर्त्सना गर्दै इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ”, उपविदेशमन्त्री फ्रेड्डी मामानीले पत्रकार सम्मेलनमा भने ।
बोलिभियाले गाजापट्टीमा अघिल्लो आक्रमण भएको एक दशकपछि सन् २०१९ मा इजराइलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने घोषणा गरेको थियो ।
हमासले मङ्गलबार बोलिभियाको निर्णयको सराहना गर्दै बोलिभियालाई ‘उच्च सम्मानमा राखेको’ बताएको छ । उसले इजराइलसँग आफ्नो सम्बन्धलाई सामान्य बनाएका अरब मुलुकहरूलाई पनि बोलिभियाको जस्तै निर्णय लिन आग्रह गरेको छ ।
Comments