गाजामा ११ हजारभन्दा बढी स्थानमा प्रहार गरेको इजरायली रक्षा बलको दाबी

गाजामा ११ हजारभन्दा बढी आतंकवादी स्थलमा निशाना बनाइएको इजरायली सुरक्षा बल आईडीएफले दाबी गरेको छ ।

प्यालेस्टिनी अतिवादी समूह हमाससँग तीन हप्ताभन्दा अघिदेखि चल्दै आएको युद्धमा ११ हजारभन्दा बढी स्थानमा प्रहार गरिएको आईडीएफले नयाँ अपडेटमा उल्लेख गरेको छ।

जबलियास्थित विद्यालय, सरकारी कार्यालय तथा चिकित्सा केन्द्र नजिकको एक भवनमा हमासका आक्रमणकारी देखिएसँगै सैन्य टोलीले हवाई आक्रमण गरेको आईडीएफको दाबी छ।

आईडिएफका अनुसार सो आक्रमणमा परी एक वरिष्ठ हमास कमाण्डार मारिनुको साथै हमासको भूमिगत पूर्वाधार पनि ध्वस्त भएको छ।

Comments

Back to top