राजदूत पदमा सिफारिस परराष्ट्र सचिव भरतराज पौडेलको सुनुवाई प्रक्रिया सुरु

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीको लागि गैर आवासीय राजदूतमा सिफारिस हुनु भएका परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

संसदीय सुनुवाई समितिको आज सिंहदरबारमा बसेको बैठकले सूचना जारी भएको मितिले १० दिनको समयावधि तोकेर उजुरी माग गर्ने निर्णय गरेको हो ।

समितिले सर्वसाधारणलाई जानकारी दिने र राजदूतमा सिफारिस भएका व्यक्ति नियुक्त हुन अनुपयुक्त लागेमा उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने निर्णय गरेको छ ।

यही कात्तिक ७ गते बसेको मन्त्रीपरिषद्को बैठकले इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशन (ICAO) का लागि स्थायी प्रतिनिधि समेत रहने गरी क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीको लागि गैर आवासीय राजदूतमा सिफारिस गरेको थियो ।

Comments

Back to top