आफ्नो जीवनकालमा कहिल्यै पनि नसुत्ने जीव मौरीबारे केहि अनौठा कुराहरु!

जीवहरुमा सबैभन्दा बढी परिश्रमी हो मौरी । आफ्नो जीवनकालमा मौरी कहिले पनि सुत्दैन । एक थोपा महको लागि कैयौं दुरीसम्म यात्रा गर्ने मौरीबारे धेरै रोचक तथ्यहरु रहेका छन् । आज हामी मौरीबारे चर्चा गर्दैछौँ ।

१. पृथ्वीमा २० हजार भन्दा बढी प्रजातिका मौरीहरु रहेका छन् । तर, यसमध्येमा जम्मा ४ प्रजातिले मात्र मह बनाउन सक्छन् ।

२. एक घारमा २० देखि ६० हजार पोथी मौरी, केहि सय पुरुष मौरी तथा एकमात्र रानी मौरी रहन्छन् ।

३. मौरी मात्र दुनियाँमा एक किरा हो जसले बनाएको भोजन मानिसले खाने गर्दछन् ।

४. केवल महिला मौरीले मात्र मह निर्माण गर्दछन् । पुरुष मौरीले केवल रानीसँग यौनसम्पर्क मात्र गर्दछन्।

५. मानिसलाई मौरीले ११०० पटक टोकेमा मानिसको मृत्यु हुन्छ ।

६. मौरीले महलाई पहिले नै पचाउँछ, जसले गर्दा हाम्रो शरीरको रगतमा पुग्न केबल २० मिनेट लाग्ने गर्छ।

७. मौरी २४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । मौरीले एक सेकेन्डमा २०० पटक पँखेटा हल्लाउँछ ।

८. मौरीलाई एक किलो मह बनाउनको लागि चाकामा लगभग ४० लाखको फुलको रस चुस्न पर्दछ, भने ९०,००० माइल उड्ने गर्दछ । यो पुरा पृथ्वीलाई तीन चक्कर लगाए बराबर हुन्छ ।

९. भाले मौरी यौनसम्पर्क गरेसँगै मर्ने गर्दछ । यौनसम्पर्कको आखिरमा यसको अण्डकोष फुटेर मृत्यु हुन्छ ।

 

 

Comments

Back to top