महासचिव गुटेरेसको ध्यानाकर्षण गर्न बबरमहलमा द्वन्द्वपीडितको प्रदर्शन
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको ध्यानाकर्षण गराउन द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेको छ । आम द्वन्द्वपीडित समुदायले बबरमहलको जिल्ला अदालतअघि प्रदर्शन गरेको हो ।
अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतका आदेश र द्वन्द्वपीडितका सरोकारबमोजिम विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रिया तत्काल सुरु गर्न भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले गुटेरेसको नेपाल भ्रमणले संक्रमणकालीन न्याय निरुपण हुने आश पनि व्यक्त गरेका छन् ।
गुटेरेसको नेपाल भ्रमणलाई संक्रमणकालीन न्याय निरुपयोगको विषयसँग जोडेर हेरिएको छ ।
Comments