आँखाको रङ्गले बताउँछ तपाईको ‘पर्सनालिटी’
समुद्र शास्त्रमा मानव शरीरका अंगहरूको संरचनाको आधारमा मानिसको पर्सनालिटी (व्यक्तित्व)को बारेमा धेरै कुराहरू पत्ता लगाउन सकिन्छ ।
यो शास्त्र ऋषि समुद्रले लेखेका हुनाले यस शास्त्रलाई समुद्र शास्त्र पनि भनिन्छ । त्यसैगरी आँखाको रंगबाट पनि व्यक्तिको व्यक्तित्वका केही कुरा थाहा पाउन सकिन्छ ।
खैरो रङ्गको आँखा
जसको आँखाको रङ्ग गाढा खैरो हुन्छ, समुद्र शास्त्रका अनुसार उनीहरुमा जन्मजात नेता बन्ने गुण हुन्छ । यस गुणको कारण, मानिसहरूले तपाईंलाई चाँडै विश्वास गर्छन् । यस्ता व्यक्तिहरू दयालु स्वभावका हुन्छन्, साथै तिनीहरू सबैलाई मद्दत गर्न तयार हुन्छन् ।
कालो रङ्गको आँखा
अधिकांश मानिसको आँखाको रङ्ग कालो हुने गरेको पाइन्छ । यी व्यक्तिहरू धेरै जिम्मेवार र विश्वसनीय व्यक्ति हुन् । यी मानिसहरु धोका गर्दैनन् भन्ने समुद्रशास्त्रमा विश्वास छ । यसका साथै यस्ता व्यक्ति रहस्यमय पनि हुन्छन् ।
हरियो रङ्गको आँखा
हरियो रङ्गको आँखा कमै देखिन्छ । तर जसको आँखाको रङ्ग हरियो देखियो भने त्यो मानिस बुद्धिमान र उत्साही मानिन्छ । यस्ता मानिसहरु हरेक काम निकै उत्साहका साथ गर्छन् ।
निलो रङ्गको आँखा
निलो आँखा भएका व्यक्ति निकै सुन्दर र आकर्षक देखिन्छन् । यी मानिसहरु धेरै शान्त र तेज दिमागका हुन्छन् भन्ने समुद्रशास्त्रमा विश्वास गरिन्छ । यस्ता मानिसहरुको बारेमा भनिन्छ कि उनीहरु हरेक सम्बन्धलाई पूर्ण भक्तिका साथ राख्छन् ।
Comments