टर्किस एयरलाइन्सद्वारा श्रीलङ्कामा सिधा उडान सुरु
टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलङ्का र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ ।
विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्का लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलङ्का यडान सेवा सञ्चालनमा ल्याएको हो ।
टर्कीको विमान श्रीलङ्का आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए ।
सन् २०२४ देखि टर्किस एयरलाइन्सको उडान साताको सातै दिन श्रीलङ्का आइपुग्ने उनले बताए । उनले टर्कीबाट आउने यात्रुको सङ्ख्या अब ३०० प्रतिशतले बढ्ने बताए ।
श्रीलङ्काका पर्यटन तथा भूमि मन्त्री हरिन फर्नान्डोले पनि सन् २०२४ मा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।
Comments