गुटेरेसले सम्बोधन गर्ने बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिइएको छ ।

संसद सचिवालयले एक सूचना जारी गरी मंगलबारको संसद बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदलाई निर्देशन दिएको हो ।

मंगलबार दिउँसो ४ बजेका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक आह्वान गरिएको छ ।

पोखरा र लुम्बिनी भ्रमण गरी काठमाडौं फर्केपछि गुटेरेसले संसदलाई सम्बोधन गर्ने समयतालिका छ ।

Comments

Back to top