कोशीमा मन्त्रिपरिषद् विस्तारको तयारी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सोमबार सत्ता सझेदार दल नेकपा (एमाले) सँग छलफल गरेका छन् ।

छलफलमा मुख्यमन्त्री कार्कीले ‘आफूलाई एमाले छाडेर गठबन्धनको सरकार बनाउन दाबाब आएपनि एमालेसँगको सहकार्य नतोड्ने’ बताएको बैठकमा सहभागी एक नेताले बताए ।

कार्कीले एमालेसहित अरु दललाई पनि सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । तर, कांग्रेस संस्थापन र माओवादी केन्द्रले भने एमालेलाई सरकारबाट नहटाएसम्म आफूहरू पनि नजाने बताइरहेका छन् ।

उनले एमालेको समर्थनमा आफू मुख्यमन्त्री भएको भन्दै कोशी प्रदेशको अङ्कगणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने प्रतिक्रिया दिँदै आएका छन् ।

कोशीमा यो साताभित्र मन्त्रिपरिषद् विस्तार भइसक्नेछ।

Comments

Back to top