महासचिव गुटेरेसले भने- संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन राष्ट्रसङ्घ तयार छ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घ नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तापछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । “सघाउन राष्ट्रसङ्घ तयार छ । तर, त्यो अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितमैत्री हुनुपर्छ,” उनले भने।
नेपाल विकासोन्मुख देशमा बढुवा हुन लाग्नुका साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको गुटेरेसले बताए । “संक्रमणकालीन न्यायले पीडित, उनीहरूको परिवार र समुदायमा शान्ति ल्याउनुपर्छ,” महासचिव गुटेरेसले भने ।
Comments