चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, चीन–अमेरिका सम्बन्धमा ‘पाँच आवश्यकता’ मा जोड

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन–अमेरिकाबीच ‘पाँच आवश्यक’ कुराको विकासमा जोड दिएका छन् । बिहीवारदेखि शुक्रवारसम्म अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तामा विदेशमन्त्री यीले यो कुरामा जोड दिएका हुन् ।

त्यस अवसरमा उनले दुई पक्षले दुई राष्ट्र प्रमुखले गरेको साझा समझदारीलाई समर्थन गर्नुपर्ने, द्विपक्षीय सम्बन्ध स्थिर हुनुपर्ने, सञ्चारका ढोका खुला राख्नुपर्ने, मतभेद, विवाद र तनावलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले जोड दिएका छन् ।  

चीनका राष्ट्रपति सीको भ्रमण अघि विदेशमन्त्री वाङको अमेरिका भ्रमणलाई अन्तर्राष्ट्रिय जगतमा विशेष चासोका साथ हेरिएको छ ।

Comments

Back to top